पथरी, भदौ १४ । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेशको चुनावमा यसपटक मोरङको क्षेत्र नं ३ मा निकै रमाइलो चुनावी भिडन्त हुने भएको छ ।

चर्चित र लोकप्रिय मानिएका तीन पार्टीका ३ जना उम्मेदवार यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिने भएका हुन्।उनीहरूको भिडन्तले यस क्षेत्रको चुनाव थप रोमाञ्चकता थपिने भएको छ ।

संघीय चुनावका लागि कांग्रेसबाट डा. सुनिल शर्मा,एमालेबाट पूर्वमन्त्री समेत रहेका भानुभक्त ढकालको नाम विशेष चर्चामा रहेको छ भने नेपालकी सुपरिचित नायिका एवम् राप्रपा पार्टीकी नेतृ रेखा थापा समेत मोरङको निर्वाचन क्षेत्र नं –३ मा राप्रपाबाट उठ्ने भएकी छिन्।
उनले मंगलवार कानेपोखरी गाउँपालिकामा आयोजना भैरहेको रमाइलो महोत्सवलाई संवोधन गर्दै सो कुरा बताएकी हुन्।
मंगलबार नै कानेपोखरीमा आयोजित एक अर्को कार्यक्रममा समेत सहभागिता जनाएकी नायिका थापाको उम्मेदवारी हुने भएपछि नेता र कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।
राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापा आफ्नो गृहजिल्ला मोरङबाट उम्मेदवार दिने चर्चा चुलिएसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ । थापाको चर्चासँगै उनी जिल्लाका बिभिन्न क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम तालिका तय भएको बताईएको छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य डा. देउमान सम्बाहाम्फेसहित ५ जनाको नाम पार्टीको माथिल्लो निकायसमक्ष सिफारिसका लागि पठाईएको प्रदेश नं १ ‘क’ का उम्मेदवार समेत रहेका पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकालले बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्