झापा, भदौ १५ । झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका संभावित उम्मेदवार केशवकुमार बुढाथोकीले कार्यकर्ता भेटघाटलाई तीब्रता दिएका छन् ।

विगत ४ दिनदेखि झापामा रहेका कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीले मतदाता र कार्यकताको राय लिन थालेका हुन् । अर्जुनधारा शनिश्चरे निवासी बुढाथोकीले आफूले घर आएर भेटघाटलाई तीब्रता दिएकोे बताए ।

‘घुम्न शुरु गरेको छु’ उनले प्रतिदिनसंग भने‘ अस्तिदेखि कुदेको कुद्यै छु ।’ झापा क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट बुढाथोकीसंगै छत्रबहादुर गिरी पनि आकांक्षी देखिएका छन् । केन्द्रीय सदस्य भएकाले टिकट पाउने आफ्नो बलियो संभावना रहेको उनले बताए । ‘टिकट वितरणको प्रक्रिया छ, त्योसंगै गठबन्धनभित्र कांग्रेसले यो क्षेत्र छोड्छ कि छोड्दैन त्यसमा भर पर्छ’ उनले भने‘ टिकट पाइयो भने चुनावमा भिड्ने हो ।’ एमालेबाट उठ्न लागेका संभावित उम्मेदवारहरु अग्नि खरेल वा देवराज घिमिरेलाई बुढाथोकीले मात्र टक्कर दिन सक्ने पार्टीको ठहर छ । पञ्चायतकालमै सांसद भइसकेका बुढाथोकी त्यसयता पनि सांसद र मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्