झापा , भदौ १५ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोकबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ ।

हिजो राति साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मूल्य बराबरको विभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मुसहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्