झापा , भदौ १५ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट खसेर बुधबार बिहान एकजना बिरामी गम्भीर घाइते भएका छन् ।

मानसिक समस्याको उपचार गराइरहेका झापाको गौरीगञ्ज नगरपालिका-६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । अभिभावकसँगै रहेका लुइँटेल अस्पतालको दोस्रो तलको झ्यालबाट बिहान ७ः१० बजेतिर एक्कासि खसेका थिए । उनको टाउको, निधार लगायत विभिन्न भागमा चोट लागेको छ । गम्भीर अवस्थाका लुइँटेलको नोबेलमै उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । उनी आफैँले हामफालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्