झापा , भदौ १६ । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशानबहादुर कार्की पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/08/dubera.jpg)
हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अवस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।