झापा , भदौ १६ । साइकलबाट लडेर विराटनगर महानगरपालिका-१८ पेट्रोलपम्प नजिकको भित्री सडकखण्डमा बुधबार राति एकजनाको मृत्यु भएको छ ।

साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका-१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार राति ८ बजेतिर लडेर घाइते भएपछि उपचारका लागि कोसी अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा शर्माको मृत्यु भएको हो । निर्माणाधीन कल्भर्टमा रातिको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्