झापा, भदौ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट भक्ति सिटौलालाई अगाडि सारेको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता रहेका सिटौलालाई संसदीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको हो । उनीसंगै राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष बसन्त रिमालको नाम पनि पठाइएको छ ।सिटौला २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयर पदमा उठेका थिए । त्यसबेला उनले तेस्रो स्थान पाएका थिए । मेयरमा निर्वाचित नेकपा एमालेका ध्रुवकुमार शिवोकाटीले ९ हजार १ सय १० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले ८ हजार २ सय १७ मत पाएका थिए भने राप्रपाका सिटौलाले ६ हजार १ सय ७० मत ल्याएका थिए ।
त्यस्तै क्षेत्र नं २ को प्रदेश ‘क’ बाट दीपक मास्के, रन्जु प्याकुरेल,शंकर रिजाल सिफारिस भएका छन् भने प्रदेश ‘ख’ बाट मिलन प्रधान र राजकुमार चौहान सिफारिस भएका छन् ।
।