बिर्तामोड, भदौ १७ । बिर्ताबजारको तरकारी बजार सारिएको छ ।

हिजो बिहिवारबाट अन्धुवा खोला किनारमा बजार सारिएको हो । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पबित्रा महतारा प्रसाईले बजारको उद्घाटन गरिन् । सडकमा बजार अब्यवस्थित रहँदै आएकोले ब्यवस्थित गर्न बजार सारिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष नवीन शिवाकोटीले बताए ।

ब्यस्त सडकमा सब्जी, माछालगायतका व्यापार चलाउँदा दुर्घटनाको खतरा भएकोले पनि बजार सार्नु परेको बजार ब्यवस्थापन समितिका सचिब तुलसी ढकालले जानकारी दिए । आफूहरुले विकल्प खोजी दिएर फुटपाथ र अव्यवस्थित व्यवसायीहरुलाई स्थानान्तरण गरेको ३ नम्बर वडाका वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्