बिर्तामोड, भदौ १७ । ब्यवस्थित बन्दै गएको बिर्ताबजारलाई प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले २० थान गमला प्रदान गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बीच गमला प्रदान गरिएको हो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी,वडा सदस्य हरि बाँस्कोटा, बिर्ताबजार बजार ब्यवस्थापन समितिका अध्यक्ष नवीन शिवाकोटी, बजार ब्यवस्थापन समितिका सचिव तुलसी ढकाल, सहकारीका सञ्चालक समितिका सदस्य डिल्लीराम चिमरिया, नन्दीकेशर अधिकारी, खड्ग खरेल,कर्मचारी अर्जुन चौलागाई र शैलेस न्यौपानेको सहभागितामा उक्त गमला प्रदान गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले बजारलाई ब्यबस्थित गर्न सबै मिलेर जानुपर्ने बताए। बजारको फोहोरलाई ब्यबस्थापन गरी बजारका गमलामा साना किसिमका बोटबिरुवा रोप्ने र बिर्ताबजारलाई हरियाली बनाउने योजना रहेको उनले बताए । साथै फोहोरमैला जथाभाबी फाल्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने र फोहोर फालेको भिडियो स–प्रमाण ल्याउनेलाई १०० रुपैयाँ उपहार दिने पनि उनले जानकारी दिए।