झापा , भदौ १७ । नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबे झापा ४ नं. निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

पार्टीको ४ नं क्षेत्रीय समितिले उनलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको हो । त्यस्तै समानुपातिकतर्फ उत्तम चौलागाईको नाम सिफारिस भएको जनाइएको छ ।
यसअघि अघिल्लो संसदीय निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएका थेबे उपविजेता बनेका थिए । सो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका एलपी साँवा १६ हजार ६९३ को मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी कांग्रेसका थेवेले २६ हजार ८२२ मत प्राप्त गरेका थिए ।यसपटक पनि थेबेको प्रतिष्पर्धा साँवासंग हुने देखिएको छ ।