झापा, भदौ १७ । चार दिन नबित्दै झापामा हात्तीको आक्रमणबाट थप एकजनाको ज्यान गएको छ ।
शुक्रवार साँझ ५.४० बजे मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं. को स्कुटी चालक ३४ वर्षिया सम्झना श्रेष्ठलाई जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा साँझ६.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।
तीन दिनअघि मात्र जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक बृद्धको मृत्यु भएको थियो ।
बाह्रदशी १ बस्ने ८० वर्षिय देवीबहादुर अधिकारीलाई सोही ठाउँमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो ।