झापा , भदौ १९ । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अबैध औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुणर्िमा गुरुङले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले क्उबकबष्ल-९४० ट्याब्लेट र त्चबmबमय-ि९१० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधीसहित पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्