झापा , भदौ १९ । आगामी मंसिर ४ को प्रदेशसभा निर्वाचनका लागि झापामा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ ।

भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न केन्द्रको निर्देशनबमोजिम क्षेत्रीय कमिटीहरुले उम्मेदवार सिफारिस सुरु गरेका हुन् । झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री भट्टराई,रोमणी भट्टराई र चन्द्रा सेडाईको नाम सिफारिस गरेको हो । यस्तै, क्षेत्र नम्बर २ (ख) मा हरिकुमार राना,चिन्तन पाठक, रोहितमान ढकाल,देवीमाया भट्टराई सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ (क) मा बसन्त बानियाँ, हरि तिम्सिना, चन्द्रा श्रेष्ठ, (ख) मा हरि राजवंशी,सोमनाथ पोर्तेल,लक्ष्मण पाठक, छवि चुडाल, जीवन श्रेष्ठ, धनकेश्वर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस भएको छ । क्षेत्र नं ५(ख) मा १५ जना आकांक्षी रहेकोमा त्यसलाई ११ जनामा झारिएको र सोमवार फेरि छलफल गरेर थोरै जनामा सीमित गर्न भनिएको एमाले जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले बताए । उनले अन्य क्षेत्र प्रदेशमा पनि उम्मेदवार सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्