झापा , भदौ २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे नेपाल विद्युत प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारेमा विद्युतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्