झापा , भदौ २० । मोरङको बिराटनगर महानगरपालिका-१५ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँटमा भारतबाट नेपाल आउँदै गरेका जहदा गाउँपालिका-५ मोरङका २१ बर्षीय सुरजकुमार चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउनसुगर र इटहरी उप-महानगरपालिका-९ का ३४ बर्षीय सन्तककुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्