झापा , भदौ २० । मोरङको विराटनगर महानगरपालिका-१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।

हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो । घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्