झापा,भदौ २० । नेकपा एमालेले आगामी मंसिर ४ को निर्वाचनका लागि झापाबाट प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । क्षेत्र नं १ बाट रविन कोइराला , ३ बाट दुर्गा प्रसाई र ५ बाट केपी ओली सर्वसम्मत सिफारिस भएका हुन् ।अरु दुईवटा क्षेत्रमा भने सर्वसम्मत सिफारिस हुन सकेन । क्षेत्र नं २ बाट अग्नी खरेल , देवराज घिमिरे , ध्रुवकुमार शिवाकोटी र पवित्रा निरौला खरेल सिफारिस भएका छन् भने क्षेत्र नं ४ बाट एलपी साँवा, होमप्रसाद गौतम , भोजकुमारी नेपाल , हीरा थापा र चन्द्रकुमार शेर्माको नाम पठाइएको छ ।
त्यस्तै क्षेत्रीय कमिटीहरुले प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरेका छन् । प्रदेशसभा निर्वाचनका लागि भने धेरै आकांक्षी देखिएका छन् । जसअनुसार क्षेत्र नं १(क)मा राजु कार्की , निलकण्ठ तिवारी , बन्धन मुन्डा ,देवकुमार राई , शान्तिप्रसाद सापकोटा , रमा भण्डारी , कृष्ण कनाल, चन्द्र प्रसाई , रामचन्द्र उप्रेती , राम ओली , शोभा खवास ,इन्द्र बाँसकोटा,मोहनप्रकाश ओली ,भुपाल ओली , विष्णु सुवेदी , प्रेमकुमारी भट्टराई , निर्मला गौतम र राजु पोखरेल सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नं १(ख) मा लता प्रसाई ,घनश्याम अधिकारी , लक्ष्मी राई , रेनुका डाँगी , पुरुषोत्तम अधिकारी ,रमेश आचार्य ,हरि अधिकारी र याम बरालको नाम पठाइएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री भट्टराई,रोमणी भट्टराई र चन्द्रा सेडाईको नाम सिफारिस गरेको हो । यस्तै, क्षेत्र नम्बर २ (ख) मा हरिकुमार राना,चिन्तन पाठक, रोहितमान ढकाल,देवीमाया भट्टराई सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ (क) मा बसन्त बानियाँ, हरि तिम्सिना, चन्द्रा श्रेष्ठ, क्षेत्र नम्बर ३(ख) मा हरि राजवंशी,सोमनाथ पोर्तेल,लक्ष्मण पाठक, छवि चुडाल, जीवन श्रेष्ठ, धनकेश्वर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्र नं ४(क) मा तुलसी मैनाली , राधाकृष्ण खनाल ,भरतइन्द्र बस्नेत , केहरसिंह भट्टराई ,भैरव श्रेष्ठ र राजीव घिमिरेको नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४(ख) मा खेम मिश्र , गोकर्ण ओझा , मनोज ताम्ली , तुलाराम बस्नेत , धनबहादुर थेबे , कमल कट्टेल , कृष्णकुमार खतिवडा, विनोद राना मगर , गजेन्द्र ताम्ली , डम्बर अधिकारी , लक्ष्मीनारायण खनाल, मिलन कट्टेल, पुष्प सापकोटा, रविन्द्र लम्साल र ओम पाठकको नाम पठाइएको छ ।
त्यस्तै क्षेत्र नं ५(क) मा मदन अधिकारी , अम्बर शिवाकोटी , शारदा पराजुली , योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेल र हिक्मत कार्की सिफारिस हुँदा क्षेत्र नं ५(ख) मा होमबहादुर थापा , इन्द्र भण्डारी , लीला ढुंगेल दाहाल, नर्वदा गौतम, उर्मिला ओली, अर्जुन राई , बोधप्रसाद घिमिरे, बलराम गजुरेल र कुमार साम्सुहाङको नाम पठाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सिफारिस गर्न भने बाँकी रहेको छ । मंगलवार बस्ने जिल्ला कमिटी बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउने जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले बताए । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको केन्द्रीय कमिटीले निर्देशन दिएको छ ।