भद्रपुर,भदौ २१ । झापाको भद्रपुरमा सोमवारदेखि तीनदिने निःशुल्क आँखा उपचार शिविर शुरु भएको छ ।

सरिया परिवारको आयोजना, इनरव्हील क्लव अफ भद्रपुरको सह– आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।
भद्रपुरस्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरे । दाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको विशेष आतिथ्यता रहेको थियो भने रोटरी क्लव अफ भद्रपुर, इनरव्हील क्लव अफ भद्रपुर र मेची आँखा अस्पतालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । तालिम संयोजक युवराज बोहोराले संचालन गरेकोे शिविरको उद्घाटन अवसरमा करिव २ सय जनाको आँखाजाँच,३२ जनाको शल्यक्रिया र ४ जनाको ऐजेरु पलाएको उपचार गरिएको थियो ।
उद्योगी चण्डी पराजुलीले स्वागत गरेको कार्यक्रममा इनरव्हील क्लबका अध्यक्ष कुसुम अधिकारी पराजुली,मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीलगायतले शुभकामना मन्तव्य राखेको अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन् । शिविर भदौ २२ गतेसम्म संचालन हुनेछ