झापा , भदौ २१ । झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार झापाको मेचीनगर नगरपालिका-६ मा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुणर् प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद भए संगै मेचीनगर नगरपालिका-७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउनसुगरसहित तीनैजनालाई पक्राउ गरिएको छ भने दमक नगरपालिका-२ खरखरेबाट ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अवस्थामा हिडिरहेका दमक-२ का ४१ बर्षीय भिमबहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउनसुगर बरामद गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्