झापा, भदौ २१ । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका राजदूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अब मलेसियाका लागि राजदूत सिफारिस भएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस भएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको छ । उनीहरूको प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो पटक सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए । समयमै पदस्थापन हुन नसक्दा त्यहाँका नेपाली नागरिकले सेवा पाउन कठिन हुनुका साथै दुई देशीय तथा बहुपक्षीय सम्बन्धमा असन्तुलन पैदा हुने गरेको थियो । राजदूतको अनुपस्थितिमा मित्रराष्ट्र मुलुकमा नेपालको गतिविधि शून्य रहनुका साथै कूटनीतिक सम्बन्ध फितलो बन्ने गरेको अनुभव पूर्वराजदूतहरू बताउँछन् । नेपालले विश्वका १९५ देशमध्ये ३० देशमा आवासीय राजदूतको राख्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्