झापा , भदौ २१ । फिल्म निर्देशक तथा कलाकार तिर्थ थापा मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

उनी नेपाली कांग्रेसबाट लमजुङबाट प्रतिनिधि सभाका सदस्यका लागि एक नम्बरमा सिफारिस भएका हुन् । थापा स्थापना समयदेखि नै कांग्रेस निकट नेपाल सांस्कृतिक संघका अध्यक्ष हुन् । कांग्रेस निकट कलाकर्मीलाई एक ढिक्का पार्ने काममा थापाको महत्वपुणर् योगदान रहेको छ । थापाले अञ्जुली लगायत थुप्रै चलचित्र, टेलिचलचित्र लगायत निर्देशन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्