झापा , भदौ २१ । बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ ।

लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो । बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट प्रोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निणर्य विरुद्ध अपिल गर्ने बताएको छ । आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कमिस्नर (डीपीसी) ले कम्पनीलाई जरिवानाको सजाय तोकेको यो तेस्रो अवसर हो । यता डीपीसीले एक वर्षअघिको पुरानो सेटिङको अध्ययनको आधारमा सो जरिवाना तोकेको तर अहिले एपमा धेरै अपडेट भएर ती समस्या समाधान भइसकेको मेटाको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्