झापा , भदौ २१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सजिलो हुनेगरी ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका माओवादी नेता सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् ।

उनलाई नेकपा माओवादी क्षेत्रीय कमिटीले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको माओवादीका जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले बताए । कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनले काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रले ओखलढुंगाबाट कार्कीलाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको थियो । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि झापा १ बाट नै चुनाव लड्ने इच्छा राखेका महामन्त्री शर्मालाई राहत मिलेको थियो । तर, अब फेरि उनलाई अप्ठ्यारो भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्