झापा,भदौ २२ । सत्तारुढ गठबन्धनसंग चुनावी तालमेलको प्रयासमा रहेको नेकपा माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनका लागि झापाका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

पछि तालमेल हुँदा छोड्नु पर्छ भनेर माओवादीले एउटै व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि माओवादीले क्षेत्र नं १ बाट सुरेन्द्रकुमार कार्की(पार्थ), २ बाट राजु आचार्य (अग्नि), ३ बाट पूर्णसिंह राजवंशी र मोहन टुडू ,४ बाट झलकसिंह दर्लामी मगर र ५ बाट रंजित तामाङलाई सिफारिस गरेको हो । त्यस्तै क्षेत्र नं १ प्रदेश ‘क’ बाट राजु दाहाल, माधव अर्याल, अनिता ढकाल, ‘ख’ बाट श्यामवीर लिम्बू ,राजन चिमरिया , नरेन्द्र मेचे , क्षेत्र नं २ ‘क’ बाट ज्योतिसिंह दर्लामी ,कुवेर श्रेष्ठ ,‘ख’ बाट प्रेम नेम्बाङ, दिपेश योन्जन , क्षेत्र नं ३ ‘क’ बाट डिल्ली घिमिरे(हिक्मत),‘ख’ बाट पूर्णसिंह राजवंशी , मोहन टुडू ,मरगुब आलम ,क्षेत्र नं ४ ‘क’ बाट झलकसिंह दर्लामी ,‘ख’ बाट रुद्र बजगाई , क्षेत्र नं ५‘क’ बाट रंजित तामाङ, ‘ख’ बाट वीरेन्द्र बस्नेत , कर्म पुलामी र गगन पुरी सिफारिस भएको जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ क्षेत्र नं ३ बाट शिवकुमार राजभण्डारी , हरि अधिकारी , हरि पौडेल सिफारिस भएका छन् भने प्रदेशबाट भागिरथा अधिकारी , पुकारचन्द्र राजवंशी , नरपति चापागाई , हजरत अली , शर्मिला खाती , काश्मिरा खातुन , कुमारी स्वर्णिका सिंह , सीतादेवी न्यौपाने र लेखनाथ पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्