झापा, भदौ २२ । साफ यू-१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ ।

श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ । नेपाल र भुटानबीचको राति ८ः१५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा भारतसँग हारेको भुटान आजको खेलमा नेपाललाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान छन् । यस समूहमा भारतले एक खेलमा ३ अंक जोडेको छ । नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्