झापा, भदौ २२ । चोरीमा संलग्न भद्रपुरका दुईजना सामानसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर वडा नं. १० बस्ने २२ वर्षिय रितिककुमार शर्मा र भद्रपुर वडा नं. ७ बस्ने रोशन राजवंशी रहेका छन् ।

गत भदौ १ गते दिउँसो अन्दाजी ४.३० बजेको समयमा भद्रपुर वडा नं. ७ विशम टोलमा राजेन्द्र गिरीको घरबाट कोही नभएको मौका पारी घरकोठाभित्र भएको दराजमा राखेको सुनका गरगहना, मोबाईल तथा नगद समेत गरी अन्दाजी दश लाख बराबरको चोरी भएको थियो । गिरीले दिएको उजुरीको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा शर्मा र राजवंशीलाई चोरी गरिएका दशी प्रमाणसहित पक्राउ गरिएको हो । दुवैजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट झापा जिल्ला अदालतबाट म्याद समेत लिई थप अनुसन्धान भइरहेको डिएसपी बसन्त पाठकले बताए ।

उनीहरुबाट रेडमी कम्पनीको १ थान मोबाईल, टुक्रा पारेको सुनको चुराको २ टुक्रा ,टुक्रा पारेको अवस्थामा सुनको पञ्चरत्नको २ टुक्रा, सुनको ब्रास्लेट १ थान,कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको सुनको चन्द्रमाको २ टुक्रा बरामद भएको पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्