झापा, भदौ २२ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ३ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार बिहान ९.२० बजे मेचीनगर वडा नं. ७ पालिया खोलाबाट प्रदेश १–०१–००२ त १०८ नं.को ट्याक्टरले अबैध रुपमा बालुवा उत्खनन् गरी लाने क्रममा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

त्यस्तै बुधवार नै साँझ ५.१५ बजे अर्जुनधारा वडा नं. ७ फुलमति खोलाबाट अबैध रुपमा मे १ त ५८७९ र मे १ त ७२१४ न. को दुईवटा ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खनन् गर्दैगर्दा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सरकारले असारदेखि भदौ मसान्तसम्म खोला बन्द गरेपनि ढुङ्गा, बालुवाको उत्खनन् रोकिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्