झापा, भदौ २२ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको ३ नम्बर निर्वाचन क्षेत्रबाट राप्रपा नेपालले देवीरमण भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।

हाल राप्रपा नेपालको सहायक महामन्त्री रहेका देवीरमण भट्टराई विभाजन हुनुअघिको राप्रपामा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका थिए । कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका भट्टराईलाई लिङ्देनले नै राप्रपामा प्रवेश गराएका थिए । अघिल्लो २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले लिङ्देनको विरुद्धमा उम्मेदवारी दिएका थिए ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि झापाको सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट बृहष्पति पाण्डे, २ बाट कमलप्रसाद खरेल , ३ बाट देवीरमण भट्टराई , ४ बाट वीरेन्द्रकुमार इजम र ५ बाट वासुदेव भट्टराई सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि पनि पार्टीले उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ को प्रदेश ‘क’ बाट सन्तराज कार्की , ‘ख’ बाट अपिल आचार्य ,क्षेत्र नं २ ‘क’ बाट गोविन्द गिरी , ‘ख’ बाट दुर्गाप्रसाद सेडाई , क्षेत्र नं ३ ‘क’ बाट डम्बरप्रसाद वर्मा , ‘ख’ बाट ममता राई , क्षेत्र नं ४ ‘क’ बाट चेतनाथ थापा , ‘ख’ बाट अमृत लामा तामाङ , क्षेत्र नं ५ ‘क’ बाट विजय राजवंशी र ‘ख’बाट कालुराम खतिवडा सिफारिस भएको पार्टीका जिल्ला अध्यक्ष कमलप्रसाद खरेलले बताए । उनले नेकपा एमालेसंग तालमेलको कुरा भइरहेको बताउँदै तालमेल भए उम्मेदवार समायोजन गरिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्