झापा, भदौ २३ । सुनसरीको कोसी गाउँपालिकास्थित भ्याण्टाबारीमा सप्तकोसीको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

खातुनको शव पानीमुनी बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख विक्रम हुमागाइले जानकारी दिए । उनका अनुसार शव परिवारलाई जिम्मा लगाइएको छ । मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको छोरी ११ वर्षीया नजराना खातुनको शव सशस्त्र प्रहरीले बुधबार फेला पारेको हो । खातुनको खोजतलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट गएको विपद व्यवस्थापन टोलीले शव फेला पारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्