झापा , भदौ २३ । मोरङ र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको रंगेली नगरपालिका-१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला पनि मृत अवस्थामा फेला परेकी छिन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्