विर्तामोड , भदौ २४ । झापाको विर्तामोड नगरपालिका-३ बाट प्रतिवन्धित लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का १९ बर्षीय कालु दासलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । प्रतिवन्धित ब्राउनसुगर बरामद भए संगै दासको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्