झापा , भदौ २४ । बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ।

महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार साँझ ६ः३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् । प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूणर् देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्। महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उनका ७३ वर्षीय छोरा चाल्र्स बेलायतको नयाँ राजा बन्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्