झापा , भदौ २४ । कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ ।

तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए । ‘विमानस्थल र सुटकेसहरू मार्फत मदिरा ल्याउन अनुमति दिइने छैन । तर, कतारका सबै ठाउँहरुमा मदिरा बेचिनेछ,’ सैयदले दोहामा पत्रकार सम्मेलनमा भने । स्टेडियमहरू र वरपर तोकिएको क्षेत्रमा मदिरा उपलब्ध हुनेछ, तर समर्थकहरुले आफैं ल्याउन सक्दैनन् । विश्वकपको समयमा होटल, स्टेडियम र फ्यान जोन भित्र रक्सी खरिद गर्न पाइने छ ।‘रंगशाला र तोकिएको क्षेत्रहरु तथा स्टेडियममा मदिराको बारेमा गलत धारणा छ । कतारमा पनि अन्य विश्वकप जस्तै सामान्य हुनेछ,’ कतार विश्वकपका प्रमुख कार्यकारी नासेर अल खाटरले भने । उनले धेरै सरल रुपमा जहिले पनि कतारमा रक्सीको बिक्री र यसलाई निश्चित क्षेत्रहरूमा उपलब्ध गराउने बताए । कतारमा हुने विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने छ । जसमा ३२ देशहरु प्रतिस्पर्धा गर्नेछ । रोयटर्सका अनुसार कतार विश्वकपमा १ दशमलव २ मिलियन दर्शकहरुले विश्वकप अवलोकन गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्