झापा, भदौ २४ । ओखलढुंगा सदरमुकाममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका युवाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका-८ माझखर्कका २६ वर्षीय फुरी शेर्पाको उपचारका लागि काठमाण्डौं लाने क्रममा बाटोमा मृत्यु भएको हो । सिद्धिचरण नगरपालिका-११ स्थित रमाइलोडाँडामा साइड लगाउने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई काठमाडौं पठाइएको थियो । उनको बाटैमा मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ । घटना हुनासाथ घाइतेलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालबाट बाहिर रेफर गरेपछि काठमाडौं पठाइएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार ट्रक चालक सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक अहिले प्रहरी नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्