भद्रपुर, भदौ २५ । मानवीय सेवामा सक्रिय संस्था रोटरी क्लव अफ भद्रपुरले भद्रपुर १० स्थित कलवलगुडी प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रवार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एक थान ल्यापटप कम्प्युटरसहित शैक्षिक सामग्री वितरण गरेको हो । क्लवको T.E.A.C.H कार्यक्रमअन्तर्गत क्लवले एडप्ट गरेको स्कुललाई हेप्पी स्कुल बनाउन डिष्ट्रिक ग्रान्डबाट प्राप्त सहयोगले खेलकुद सामग्री, स्टेशनरी, कल्चरल पोशाक समेत वितरण गरेको हो ।


क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक कल्पना नेपालले सामुदायिक स्कुललाई गरेको सहयोगको लागि क्लवलाई धन्यवाद दिँदै प्राप्त सामग्रीहरुको सहि सदुपयोग गर्ने वचन दिइन् ।

कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थीसहित क्लवका संस्थापक अध्यक्ष किशोर पराजुली, पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, विगत ओझा, , विनोद चापागाई, प्रदिप सरावगी,कविन राईलगायतका रोटरीयनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रोट्रयाक क्लव र इनरव्हील क्लव भद्रपुरले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्