झापा, भदौ २७ । अभिनेता नाजीर हुसेन ट्रान्सजेन्डरको भूमिकामा देखिने भएका छन् ।

केही दिनदेखि कास्कीको धम्पुसमा छायांकन भइरहेको फिल्म ‘गुलाबी’ मा उनी ट्रान्सजेन्डरको भूमिकामा देखिन लागेका हुन् । ‘गुलावी’ को भूमिका आफ्ना लागि नैलो र चुनौतीपूणर् भएको नाजीरले बताए । ‘फिल्ममा म ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्दैछु । यसका लागि करिब तीन महिनादेखि प्रशिक्षणमा छु’ नाजिरले भने ‘भुमिकाकै लागि १० केजी तौल घटाएको छु ।’ भुमिकाका लागि २-३ जना ट्रान्सजेन्डरलाई केही महिनादेखि नजिकबाट नियाल्दै समेत आएको उनले सुनाए । समुन्द्र भट्टको कथा तथा निर्देशनमा बन्ने फिल्म दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्ले मिलेर बनाउन लागेका हुन् । फिल्मले मुख्य कथानै ट्रान्सजेन्डर बनाएको छ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा संचिता लुईँटेल, नाजीर हुसेन, सुशील सिटौला, विशाल पहाडी, अनुपम श्रेष्ठ (हट्टी नट्टी, सुक्मित तामाङ (घिसिङ), राजा घोषलगायतका कलाकारले अभिनय रहनेछ । क्यानडामा फिल्म निर्देशन अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेम कथानक फिल्म ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् । ‘गुलाबी’ उनको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म हो । फिल्म अर्को बर्षको फागुनमा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्