झापा , भदौ २७ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१५ राष्ट्रिय महिला टोलीको गोलकिपर प्रशिक्षकमा चन्नुराम चौधरीलाई नियुक्त गरेको छ ।

चौधरीलाई एन्फाका महासचिव किरण राईले आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने साफ यू-१५ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू-१५ महिला टोलीको छनोट अहिले एन्फा कम्प्लेक्समा भइरहेको छ । एन्फाले यसअघि नै भगवती रानामगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्