झापा , भदौ २७ । अस्तित्व नै संकटमा परेपछि पूर्वका आदिवासी धिमाल जातिले जातीय एकतालाई अभियानको रुपमा अघि बढाएको छ ।

‘एक्लै कमजोर , संगै हामी बलियो’ नारा दिएर धिमालहरुले जातीय एकतालाई मजबुद पार्दै गएका छन् । जसको संयोजन सचेत धिमाल युवा समाज बिर्तामोडले गर्दै आएको छ । गत वर्षदेखि समाजले अन्तरक्रिया , छलफलको माध्यमबाट धिमालहरुलाई संगठित पार्दै गएको हो ।

यसक्रममा धिमाल क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम सोमवार बिर्तामोडमा सम्पन्न भएको छ । संयोजक हरि नुनिया धिमालको अध्यक्षतामा धिमाल जाति विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पाण्डवलाल चौधरी रहेका थिए । त्यस्तै धिमाल जाति विकास केन्द्रका संस्थापक सदस्य नरेशमान धिमाल , केन्द्रीय सदस्य चित्र धिमाल, बिकेन्द्र धिमाल ,मुखमेल धिमाल ,नारायण धिमाल, गोबिन धिमाल, केन्द्रीय प्रशिक्षण विभाग सदस्य अबिता धिमाल ,खोज अनुसन्धान भाषा सस्कृति बिभाग सदस्य चन्द्रकान्ता धिमाललगायत मेचीनगर ,अर्जुनधारा , बिर्तामोड ,बुद्धशान्तिका धिमालहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘एकका लागि सबै, सबैको लागि एक,परिवर्तन हामी आफैबाट
हाम्रै पालामा संभव छ ’ भन्ने दर्शनमा आधारित रहेर समुदायभित्र हातेमालो गर्न शुरु गरिएको अभियानलाई अझ व्यापक बनाउन आव्हान गरिएको थियो । हातेमालो अभियानका लागि दमक निवासी नारायण धिमाल, माइलाबारी चारआलीका कमल धिमाल,घोडाजिन पूर्ण धिमाल र अग्रज ब्यक्तित्व नकलबन्दाका चद्रकान्त धिमालले नगद सहयोग गरेको संयोजक हरि नुनिया धिमालले बताए ।
मणिराज धिमालले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संजय धिमालले गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक हरि नुनिया धिमालले हातेमालो अभियानका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्