झापा , भदौ २८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।

मंगलवार दिउँसो सवा एक बजे बिर्तामोड वडा नं.६ घर भई हाल वडा नं.५ स्थित हरिप्रसाद खरेलको घरमा डेरा गरी बस्ने २८ वर्षिय मोहन राजबंशी पक्राउ परेका हुन् ।

कोठामा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्