टोकियो , भदौ २८ । पहिलो अनलाइन लोक दोहोरी प्रतियोगिता ‘गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन १’को विजेता नारायण पौडेल र बिमला सुनुवारको टिम घोषित भएको छ ।

जापानको टोकियोमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाली लोक संगीतको क्षेत्रमा फरक तरिकाले गर्ने सोचका साथ गत बैशाखदेखि अनलाइन लोक दोहोरी प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा पचास वटा टीम सहभागी भएका थिए । प्रतियोगितामा नारायण पौडेल र विमला सुनुवारको टीम प्रथम, बसन्त तिमिल्सेना र संगीता तामाङको टीम द्वितीय तथा लक्ष्मण घिमिरे र दिलु मगरको टीम तृतीय भएको छ ।

कार्यक्रम निर्माता विश्वास आचार्यको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि जापानस्थित नेपाली राजदूतावासका प्रथम सचिव जितबहादुर कार्की, अतिथिहरुमा एनआरएनए आइसीसी उपमहासचिव ओम गुरुङ, एसिया प्यासेफिक उपसंयोजक दधिबल खड्का, एनआरएनए जापानका अध्यक्ष शिब पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ , नेपाली ब्यवसायी समिति जापानका अध्यक्ष बिजय थकाली, अनेसास जापानका अध्यक्ष रविन शर्मा, नेपाली भाषा साहित्यका अनुसन्धानकर्ता आरु हितो नोजु, नेपाल न्युजपोस्ट डटकमका प्रधान सम्पादक राजन गौतम, नेपाल पत्रकार महासंघ जापानका कार्यसमिति सदस्य दीपक गौतम, मातृ सन्देश डटकमका प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासंघ जापानका सचिवलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा निर्णायकको भूमिका परदेशी गायक सूर्य खड्का, चर्चित लोक गायक रामचन्द्र चन्द र गायिका टिका सानुले निर्वाह गरेको प्रतियोगिताका निर्देशक संजय पौड्यालले बताए । उनले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न हरतरहले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

अनेसास जापानका अध्यक्ष रविन शर्मा, आरु हितो जोनु, सन्काइ ट्राभल्सका सुमन लोक्जु, नेपाली ब्यवसायी समिति जापानका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एसिया प्यासेफिक उपसंयोजक दधिबल खड्का, एनआरएनए आइसीसी उपमहासचिव ओम गुरुङ र एनआरएनए जापानका अध्यक्ष शिव पौडेलले कार्यक्रम सफल भएकोमा बधाई दिँदै आगामी सिजन २ को लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सफल बनाउन बिशेष योगदान दिनेहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमको संचालन कार्यक्रम प्रस्तोता दिनेश गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्