झापा , भदौ २९ । झापा बिर्तामोड १ निवासी गीतकार शिवशंकर थापा मगर राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित हुने भएका छन् ।

उनलाई आगामी असोज ८ गते गीतकार संघले सम्मान गर्न लागेको हो । स्थापना दिवसका अवसरमा हरेक वर्ष नेपाली गीत लेखनको रुपमा अनवरत साधना गरी उल्लेखनीय योगदान पुर्याउने एकजना स्रष्टालाई सम्मान गर्ने क्रममा यस वर्ष थापालाई गर्न लागिएको संघका अध्यक्ष शुभ मुकारुङले जनाएका छन् ।

थापालाई अमर भावना गीतकार राष्ट्रिय सम्मान प्रदान गर्न लागिएको मुकारुङले बताए । आगामी असोज ८ गते धनकुटाको सागुरीगढी ६ मा सम्मान कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्