झापा , भदौ २९ । मोरङको बूढीगंगा गाउँपालिका-३ शान्ति चोकमा पिकअप भ्यानले ठक्कर दिँदा मंगलबार साँझ पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ४६९८ नम्बरको पिकअपले ठक्कर दिँदा स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सडक पार गर्दै गरेको अवस्थामा बस्नेतलाई पिकअपले साँझ ७ बजेतिर ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा बूढीगंगाको विराट शिक्षण अस्पतालमा ७ः५० बजेतिर मृत्यु भएको कार्कीले बताए । भ्यान र चालक विराटनगर महानगरपालिका-५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्