झापा , भदौ २९ । जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना भएता पनी फरार रहँदै आएका ईटहरी उप-महा नगरपालिका-२० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने विकास बुढाथोकी पक्राउ परेका छन् ।

फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, च्क्ष्त् समुहको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागि कारागार पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्