झापा , भदौ ३० । भारतले साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३-० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० गोलको जितसँगै उपाधि दिलाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्