झापा, भदौ ३० । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्