झापा, भदौ ३० । वसन्तपुरदेखि पदमार्ग हुँदै ताप्लेजुङ पुग्न प्रस्तावित लालीगुराँस संरक्षण क्षेत्रको प्राकृतिक वन सम्पदा मासिँदै गइरहेको छ ।

यो क्षेत्रमा अन्य प्रजातिका रूखको जंगल पातलो भएकाले पनि फँडानीको चाप गुराँस वनमा परिरहेको वनस्पतिविद् कमल मादेनले बताए । तेह्रथुमका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले उक्त क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए । इन्धनका लागि दाउराको विकल्प नभएकाले गुराँस जंगल कटान हुने गरेको स्थानीय मकालु होटलका सञ्चालक हरि खनालले बताए । यहाँका ८ हजार ८ सय ९२ परिवारको समेत इन्धनको प्रमुख स्रोत गुराँसको दाउरा हो । ‘स्थानीयलाई यसको दीर्घकालीन फाइदाको बारेमा बुझाउन सक्नुपर्छ, अनि मात्र संरक्षण प्रयास प्रभावकारी हुन्छ’ वन अधिकृत श्रेष्ठले भने । संरक्षण गर्न स्थानीय स्तरमा गठन भएको राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति अहिले निस्क्रिय छ । पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजार बढी पर्यटकहरू आउने गरेको अनुमानित तथ्यांक छ । उनीहरूका लागि पकाइने भोजनका लागि इन्धनको प्रमुख स्रोत पनि गुराँसका दाउरा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्