बिर्तामोड, भदौ ३० । सवारीसाधन चम्किलो र सुन्दर बनाउन डिटेलिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको कार्जस्पा स्टुडियो बिर्तामोडमा सञ्चालनमा आएको छ ।

कार्जस्पा स्टुडियोको उद्घाटन नेपाली फिल्मकी अभिनेत्री बर्षा राउतले बिहीबार गरेकी हुन् ।अजित खनाल, अर्जुन चापागाई र दीपक सुवेदीले कार्जस्पा स्टुडियो सञ्चालनमा ल्याएका हुन् । बिर्तामोडको बिजुली अफिसको पूर्वपट्टि रहेको स्टुडियोमा नयाँ तथा पुराना दुवै किसिमका सवारीसाधन आउने र नयाँ सवारीसाधनहरु संरक्षण सेवा र पुराना सवारीसाधनहरु नयाँ अवस्थामा ल्याउने डिटेलिङ सेवा दिने सञ्चालक खनालले बताए ।

अटो डिटेलिङले गाडीको पुनस्र्थापना तथा संरक्षण कार्य गर्ने गर्दछ । कार तथा मोटर डिटेलिङ अनुभवी तथा दक्ष जनशक्तिले गर्ने जनाइएको छ ।
कार डिटेलिङका लागि समायावधि र कारको प्रकार अनुसार २७ हजारदेखि एकलाख ५ हजार रुपैयाँसम्म लाग्ने र मोटरसाइकल तथा स्कुटी १२ देखि १६ हजार रुपैयाँ लाग्ने सञ्चालकले बताएका छन् । कस्तो खालको डिटेलिङ गर्ने हो त्यसै अनुसार रकम लिइने बताइएको छ ।
भारतमा सन् २००७ देखि शुरु भएको अन्तर्राष्ट्रिय स्तरको डिटेलिङ नेपालमा सन् २०१९ देखि शुरु भएको हो । नेपालको काठमाडौंमा ३ बर्षअघि शुरु भएको डिटेलिङ सेवाको इटहरीपश्चात् बिर्तामोडमा सञ्चालन भएको सञ्चालक दीपक सुवेदीले जानकारी दिए । करिब १ करोडको लागतमा स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालकहरुले बताएका छन् ।

उद्घाटन कार्यक्रममा कार्जस्पा भारतका निर्देशकहरु अंकुर शर्मा, दीपम शर्मा, नेपालको प्रधान कार्यालयबाट तरुण अहुजा, स्वस्तिका राणा, इटहरी शाखाका बहत्तर लिम्बू, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउत, जनप्रतिनिधि उमेश राउत, नेपाल चेम्वर्स अफ कमर्स झापा अध्यक्ष तथा केन्द्रीय सदस्य ओम बिमली, कमर्सका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्