झापा, भदौ ३१ । ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक ७३ वर्षिय बृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगरका बृद्ध रहेका छन् । उनलाई हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताए । पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेकी छन् । अनुसन्धानका लागि म्याद थपको तयारीमा रहेको प्रहरीले आरोपित र पीडितको बारेमा खुलाएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्