झापा , भदौ ३१ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ ।

प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वणर् जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वणर् जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वणर् तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वणर् पदक जितेकी छन् । यस्तै, १५०० मिटर दौडमा दिर्पा बस्नेतले एक रजत, ४०० मिटर दौडमा इन्दिरा श्रेष्ठले एक रजत र सटफुटमा गणेश बस्नेतले एक रजत जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो कराते , फुटबल , भलिबल , एथ्लेटिक्स , व्याडमिन्टन , उसु , तेक्वान्दो , बक्सिङ , बुद्धिचाल , टेवलटेनिस , शारीरिक सुगठन , पौडी , भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए ।प्रदेशमा स्वणर् पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्