झापा,असोज १ । वर्षासंगै परेको चट्याङले लागेर हल्दिवारीमा एक बालिका घाइते भएकी छिन् ।
गएराति ८ बजे हल्दिबारी ४ बस्ने नारायण मुर्मूकी १५ वर्षिया छोरी सुनिता मर्मूलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेको थियो । घाइतेको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।




